News

May 5, 2010

रुद्रबहादुर तेस्रो जनआन्दोलनका सहिद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
५ मे,२०१०,दाङ- शान्ति र संविधान सुनिश्चितताका लागि जारी आन्दोलनका क्रममा निधन भएका हलवार-१, सुन्दरबस्ती निबासी रुद्रबहादुर केसीलाई एकीकृत माओवादीले जनआन्दोलन- ०६७ का दाङका प्रथम सहिद घोषणा गरेको छ ।आन्दोलनकै क्रममा निधन भएकोले उहा“लाई माओवादीले शहीद घोषणा गरेको हो ।आमहडतालको तेस्रो दिन मंगलबार कार्यक्रम सकेर तुलसीपुरबाट घर र्फकदै गर्दा हलवार कालाखोलानजिक राजापुर आइपुग्दा एक्कासी बेहोस हुनुभएको थियो । अस्पतालमा पुर्‍याउनेबित्तिकै डाक्टरले उहालाई मृत घोषणा गरेका थिए । स्वर्गीय केसीको बुधबार बिहान कालाखोलामा अन्त्येष्टि गरिएको छ ।
अन्त्येष्टिअघि एकीकृत माओवादी दाङका इन्चार्ज निर्मल आचार्यले पार्थिव शरीरमाथि पार्टी झण्डा ओढाउनुभएको थियो । दागबत्ती छोरी गंगा केसीले दिनुभएको थियो ।दाहसंस्कारपछि श्रद्धाञ्जली सभामा बोल्दै माओवादी, दाङका इन्चार्ज आचार्यले केसीलाई राष्ट्रिय सहिदको रूपमा सम्मान दिइने भन्दै शोकलाई शक्तिमा बदल्न आह्वान गर्नुभयो ।अखिल नेपाल किसान संघ (२००७) टोल इकाइका सदस्य रहनुभएका ६३ वर्षीय केसीको परिवारमा श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।

No comments: