लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजधानीको जोरपाटीमा माओवादी कार्यकर्ता र स्थानीय बासिन्दाबीचको झडपबाट स्थानीय बासिन्दा र माओवादी कार्यकता गरी नौ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । झडपमा घाइते हुने स्थानीय बासिन्दामा लक्ष्मण श्रेष्ठ, राजन श्रेष्ठ, बुद्धराज श्रेष्ठ, मुना श्रेष्ठ रहेका छने भने नाम नखुलेका एक गरी पाँच जना घाईते भएका छन् ।त्यस्तै, माओवादी कार्यकर्ता दीपक लामा, मानबहादुर लामा घाइते भएका छन् भने नाम खुल्न नसकेका दुई माओवादी कार्यकर्ता घाईते भएको प्रहरीले जानकारी दिएको छ ।घाइते स्थानीय बासिन्दाको नेपाल मेडिकल कलेज जोरपाटीमा र माओवादी कार्यकर्ताको मेडिकेयर अस्पतालमा उपचार भइरहेको समेत प्रहरीले जानकारी दिएको छ ।दुई पक्षबीचको भएको झडपका क्रममा बा.१ ख ८२५२ नम्बरको पानीको ट्याङकर क्षतिग्रस्त भएको छ ।त्यसैगरी, झडपकै क्रममा बा.२२ प २२४५ नम्बरको स्कुटर पनि क्षतिग्रस्त भएको छ ।आन्दोलनकारी र स्थानीय बासिन्दाबीच भएको झडप नियन्त्रण गर्न प्रहरीले पाँच राउन्ड हवाइ फायरसमेत गरेको थियो ।बिहान जोरपाटीमा स्थानीय बासिन्दा र माओवादी कार्यकर्ताबीच पसल खुलाउने नखुलाउने विषयलाई लिएर झडप भएको थियो ।माओवादी कार्यकर्ताले बा.२ ख २५७०० नम्बरको रोकिराखेको गाडीको सिसा तोडफोड गरेपछि स्थानीय बासिन्दालाई पसल बन्द गर्न दबाब दिएकोमा स्थानीय बासिन्दा आमहडतालको विरुद्धमा उत्रिदा दुईपक्षबीच झडप भएको थियो ।अहिले जोरपाटीको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।
No comments:
Post a Comment