लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वाइसिएल र युथफोर्सबीच झडपभएछि धनकुटा र हुम्लाको सदरमुकाममा आज साँझ ७ बजेबाट अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ।एकीकृत नेकपा माओवादीको आमहड्ताल विरुद्ध सत्तारुढ दल नेकपा एमालेका भातृ संगठन युथफोर्स प्रतिकारमा उत्रिएपछि दोहोरो झडप भएको थियो।झडप नियन्त्रणका लागि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो। स्थिति सामान्य बनेपछि कर्फ्यु हटाइने प्रशासनले जनाएको छ।यसैबीच आज वीरगञ्जमा पनि कर्फ्यु लगाइने तयारी गरे पनि सुरक्षास्थिति बढाउने र स्थिति समान्य बन्दै गएको भन्दै कर्फ्यु लगाइएको थिएन ।पर्वतको सदरमुकाम कुश्मा बजारमा पनि कर्फ्यु लगाइएको छ। आज दिउँसो भएको नेपाल विद्यार्थी संघ र माओवादी कार्यकर्ताबीच भएको झडपका कारण तनाव उत्पन्न भएको हो।दिउँसो भएको झडपमा १७ जना घाइते भएका थिए ।

No comments:
Post a Comment