News

May 5, 2010

माओवादीका नेता अचानक दिल्ली प्रस्थान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
५ मे,२०१०काठमाडौं- आमहडताल लम्बिदैं जाँदा माओवादीका एक नेता अचानक नयाँ दिल्ली प्रस्थान गरेका छन् ।माओवादी पोलिटब्युरो सदस्य राम कार्की आज अचानक नयाँ दिल्ली प्रस्थान गरेका हुन।
भारतीय कम्युनिष्ट पार्टीको निमन्त्रणामा कार्की नयाँ दिल्ली प्रस्थान गरेको माओवादी स्रोत जनाएको छ ।नेपाल एयलाइन्सको विमानबाट कार्की नयाँ दिल्ली प्रस्थान गरेका हुन ।
यसरी मुलुकमा आमहडताल गहिरीदैं गएको बेला माओवादी नेताको दिल्ली प्रस्थानलाई राजनीतिक वृतमा अर्थपूर्णरुपमा लिइएको छ । भारतले यहि सरकारलाई सहयोग गरिरहेको भनिएको बेला माओवादी नेताको यो भमणलाई निकै अर्थपूर्णरुपमा लिइएको छ ।

No comments: