लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०९ मे,२०१०,एकीकृत नेकपा माओवादीको आन्दोलनको परिमार्जित कार्यक्रम अनुसार आज सिंहदरबार घेराउ गरिरका छन् ।घेराउको क्रममा माओवादी कार्यकर्ताद्वारा एक जनालाई सुराकीको आरोप लगाउदै कुटपिट गरेपछि माइतीघर तनावग्रस्त बनेको छ।सो क्रममा माओवादीर सुरक्षाकर्मी झडप समेत भएको छ।
झडपमा जनपथ प्रहरीका एकजना प्रहरी र एकजना पत्रकारको टाउको फुटेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले कयौं राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । निषेधित क्षेत्र घोषणा गरिएको नजिकै माओवादीले प्रदर्शन गरिरहेका थिए ।बिहान ९ बजेदेखि उसले सिंहदरवारको चार ओटै नाकामा घेराउ गरिएको छ । मन्त्री तथा कर्मचारीलाई मुख्य प्रशासनिक केन्द्र सिंहदरवारमा छिर्न नदिने रणनीति उसले लिएको छ ।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दवाब पछि अनिश्चितकालीन आमहडताल फिर्ता लिएको माओवादीले आन्दोलनको स्वरुप बदलेको छ । राजधानीमा मुख्य प्रशासनिक केन्द्र सिंहदरवार र जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालय घेराउ गरेको छ ।
९ बजे अगाडि अएका १५ प्रतिशत कर्मचारी मात्र भित्र पस्न पाएका छन् । पछि पैदल आएका कर्मचारीलाई समेत माओवादीले अवरोध पुर्याएर भित्र जान दिएका छैनन्। सिंहदरवार क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

No comments:
Post a Comment