लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अमेरिका/ यहाँको मेट्रा नामक एक रेल सेवाका प्रमुख फिलिप पागानोले द्रुत गतिमा कुदिरहेको रेलमुनि कोचेर आत्महत्या गरेका छन् । अधिकारीहरूका अनुसार उनीमाथि आर्थिक अनियमितताको आरोप
लागेको हुनाले छानबिन जारी थियो । उनी तलबी बिदामा थिए । उनको भविष्यबारे निक्र्योल गर्न मेट्रा रेलसेवा बोर्डको पदाधिकारीले शुक्रबार अपराह्न भेट गर्ने समय तय गरेका थिए । प्रहरीले उनको गोजीबाट रेलमा आत्महत्या गर्ने तौरतरिका बताइएको एक निर्देशिका फेला पारेका छन् । पागानो १९९० यता सिकागो महानगर तथा आसपासका उपनगरीय क्षेत्रमा सेवा पुर्याइरहेको मेट्रा नामक सो रेलसेवाका कार्यकारी निर्देशक थिए ।
राज्यका वकिल तथा संघीय अधिकारीले पागानोले सार्वजनिक कोषलाई आफ्नो निजी ढुकुटीमा हाले नहालेकोबारे छानबिन गरिरहेका थिए । मेट्रा कर्मचारीले गत महिना पागानोले आफ्नो दुई लाख ६९ हजार ६ सय २५ डलर तलबका साथै अनधिकृत रूपमा ५६ हजार डलर बोनस लिएका थिए, तर कम्पनीले बोनस दिने गरेको छैन ।सिकागो टि्रब्युनले उनले आफू रहने गरेको सिकागोको उत्तर-पश्चिमी उपनगरीय क्षेत्रमा रेलमा हामफालेको बताएको छ । म्याकहेनरी काउन्टीका मार्लिन लान्जले उनको मृत्युको छानबिन भइरहेको भए तापनि यो आत्महत्या नै भएको बताएको थियो ।
अमेरिका/ यहाँको मेट्रा नामक एक रेल सेवाका प्रमुख फिलिप पागानोले द्रुत गतिमा कुदिरहेको रेलमुनि कोचेर आत्महत्या गरेका छन् । अधिकारीहरूका अनुसार उनीमाथि आर्थिक अनियमितताको आरोप
लागेको हुनाले छानबिन जारी थियो । उनी तलबी बिदामा थिए । उनको भविष्यबारे निक्र्योल गर्न मेट्रा रेलसेवा बोर्डको पदाधिकारीले शुक्रबार अपराह्न भेट गर्ने समय तय गरेका थिए । प्रहरीले उनको गोजीबाट रेलमा आत्महत्या गर्ने तौरतरिका बताइएको एक निर्देशिका फेला पारेका छन् । पागानो १९९० यता सिकागो महानगर तथा आसपासका उपनगरीय क्षेत्रमा सेवा पुर्याइरहेको मेट्रा नामक सो रेलसेवाका कार्यकारी निर्देशक थिए ।राज्यका वकिल तथा संघीय अधिकारीले पागानोले सार्वजनिक कोषलाई आफ्नो निजी ढुकुटीमा हाले नहालेकोबारे छानबिन गरिरहेका थिए । मेट्रा कर्मचारीले गत महिना पागानोले आफ्नो दुई लाख ६९ हजार ६ सय २५ डलर तलबका साथै अनधिकृत रूपमा ५६ हजार डलर बोनस लिएका थिए, तर कम्पनीले बोनस दिने गरेको छैन ।सिकागो टि्रब्युनले उनले आफू रहने गरेको सिकागोको उत्तर-पश्चिमी उपनगरीय क्षेत्रमा रेलमा हामफालेको बताएको छ । म्याकहेनरी काउन्टीका मार्लिन लान्जले उनको मृत्युको छानबिन भइरहेको भए तापनि यो आत्महत्या नै भएको बताएको थियो ।
No comments:
Post a Comment