News

May 8, 2010

गतिरोध अन्त्य महत्वपूर्ण खुडि्कलो कुटनीतिज्ञहरुको आशा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख २५ - माओवादीले आमहड्ताल स्थगित गर्नु राजनीतिक गतिरोध अन्त्यका लागि महत्वपूर्ण खुडि्कलो हुने आशा नर्वे, स्वीटजरल्येण्ड र अमेरिकाका राजदूतसहित यूरोपेली युनियनका कुटनीतिज्ञहरुले व्यक्त गरेका छन् ।
शनिबार संयुक्त विज्ञप्ति प्रकाशित गरी ति मुलुकका कुटनीतिज्ञहरुले माओवादीको आमहड्ताल फिर्ता लिने निर्णयको स्वागत गरेका छन् । माओवादीको आमहड्ताल लम्बिंदै गएपछि शुक्रबार छैटौं दिन अमेरिकी उपविदेशमन्त्रीले हड्ताल फिर्ता लिन आग्रह गरेका थिए । साथै नर्वेली राजदूतको पहलमा शुक्रबार साँझ प्रमुख तीन दल माओवादी, काँग्रेस र एमालेका नेताहरुको सयुक्त बैठकसमेत बसेको थियो । यद्यपी उक्त बैठकले ठोस निर्णय लिन सकेन ।
'हामी सबै राजनीतिक दलहरुलाई हालको राजनीतिक समस्याको समाधान गरी सहमतिमा पुग्नको लागि साँचो अर्थमा पुन छलफल अघि बढाउन आग्रह गर्दछौं' बिज्ञप्तिमा भनिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले शनिबार दिउँसो खुलामञ्चमा सम्बोधन गर्दै बल अव सरकारको कोर्टमा रहेको उल्लेख सहमति र सहकार्यको लागि सुझाव दिन विदेशी कुटनीतिक नियोगहरुलाई आग्रह गरेका थिए ।

No comments: