लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख २७,संविधानसभामा रहेका माओवादीसहित दस दलले राष्ट्रिय सरकारका लागि सामूहिक प्रतिवद्धता जनाएका छन् । उनीहरुले राष्ट्रिय सरकार बनाउन प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने माग गरेका छन् ।
माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको बैठकपछि दस दलले संयुक्त विज्ञप्ती जारी गर्दै राष्ट्रिय स्वाधीनता, संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, लोकतन्त्र, सामाजिक न्याय, शान्ति र संविधान हाम्रा साझा राष्ट्रिय अभिष्ट पूरा गर्न माधवकुमार नेपाल नेतृत्वको वर्तमान सरकार पूर्ण रूपमा असफल भएकाले राष्ट्रिय संयुक्त सरकारको निर्माण गर्ने पूर्वाधार तयार गर्न वर्तमान सरकारले तत्काल राजिनामा दिनुपर्ने ठहर गरेको छ ।
'देशमा विद्यमान राजनैतिक गतिरोधको अन्त्य गर्न, शान्ति प्रकृयालाई सार्थक निष्कर्षमा पुर्याउन र समयमै संविधानसभाबाट नयाँ संविधान निर्माण गर्न देशका सबै राजनैतिक दलहरु बीच राष्ट्रिय सहमति कायम गर्नु र राष्ट्रिय संयुक्त सरकारको निर्माण गर्नुको विकल्प छैन,' बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ, 'त्यसैले उपरोक्त राष्ट्रिय कार्यभार पूरा गर्नका लागि सहमतिको आधारमा राष्ट्रिय संयुक्त सरकारको निर्माण गर्ने पूर्वाधार तयार गर्न वर्तमान सरकारले तत्काल राजिनामा गर्नुपर्दछ ।' सडकबाट सरकार परिवर्तन हुन नसक्ने सत्तारुढ दलहरुले बताइरहँदा माओवादीले संसदबाटै सरकार ढाल्ने अभियान सुरु गरेको हो । माओवादी अध्यक्ष पुष्पकमल दाहालले छिट्टै संयुक्त मोर्चा बनाइ त्यसका न्यूनतम साझा कार्यक्रम पनि सार्वजनिक गर्ने बताए । उनले मोर्चालाई दीर्घकालीन बनाउनेसमेत उल्लेख गरे ।
मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले शान्ति र संविधानका लागि मोर्चा बनाइएको बताए । बैठकपछि दस वटै दलका नेताहरुले सामूहिक पत्रकार सम्मेलन गरेका थिए । मोर्चाबन्दीपछि वर्तमान सरकार स्वतः अल्पमतमा परेको माओवादी दाबी छ ।

No comments:
Post a Comment