News

May 5, 2010

तामाङसालीङ पनि आन्दोलनमा उत्रने चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङबुङ
वैशाख २२, २०६७/वर्तमान सरकारको विरुद्धमा एनेकपा माओवादीले सुरु गरेको आमहड्तालको चौथो दिन बितिसक्दा पनि सरकारले कुनै निकास नदिई कानमा तेल हालेर बसेको भन्दै देश भयावह स्थितिमा जादैंगरेकोले त्यसप्रति गम्भीर चिन्ता र आपत्ति रहेको जनाउँदै वैशाख २२ गते एक प्रेस विज्ञप्ति जारी गरेर यदि सरकार विघठन नभई दमन गर्ने दुष्प्रयास गरेमा तामाङसालीङ पनि आन्दोलनमा उत्रने चेतावनी तामाङसालीङ स्वायत्त राज्य परिषदले दिएको छ ।
प्रेस विज्ञप्तिमा थप भनिएको छ- ''वर्तमान सरकार निर्माण हुदाँ नै अप्राकृतिक रुपले निर्माण भएको थियो । लोकतन्त्रको उपहास गर्दै दुई ठाउँबाट हारेका व्यक्तिको नेतृत्वमा सरकार बन्नु, कृतिम बहुमत जुटाउन आन्दोलनरत् पार्टीहरुलाई तोडफोड गर्नु, अन्तरिम संविधानमा उल्लेख भइसकेको संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको विरुद्धमा सरकारका मन्त्रीहरु नै खुल्लमखुल्ला भाषण गर्दै हिँड्नु, जमिम शाह हत्यामा प्रहरीका उच्च अधीकृतहरु संलग्न रहनु, बर्दियामा तीनजना दलित महिलाहरुलाई सेनाले रहस्यमय तरिकाले हत्या गर्नु एम.आर.पी. छपाई सम्बन्धी राष्ट्रघाती निर्णय गर्नु र आइ.एल.ओ. महासन्धि १६९ को कुनै नियम नबनाउनु यो सरकारको गद्दारीपूर्ण कार्यहरु हुन्, जुन कार्यहरुप्रति तामाङसालीङ स्वायत्त राज्य परिषद पूर्ण असहमत छ ।''
यो सरकार तुरुन्त विघठन गरी नयाँ राष्ट्रिय सरकार बन्नुपर्ने र यो सरकारलाई एक मिनेट पनि कुर्सीमा बस्ने नैतिकता नभएको भन्दै एनेकपा माओवादीले चलाइरहेको अहिलेको आमहड्ताल र आन्दोलनप्रति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध तामाङसालीङ स्वायत्त राज्य परिषद नैतिक समर्थन जाहेर गरेको छ । तामाङसालीङ स्वायत्त राज्य परिषदः सिन्धुली, दोलखा, रामेछाप, काभ्रे, धादिङ, मकवानपुर, रसुवा, चितवन, नुवाकोट र सिन्धुपाल्चोकसहितको १० वटा जिल्लाहरुलाई तामाङसालीङ स्वायत्त राज्य घोषणा गरिनुपर्दछ भनी संघर्षरत् राजनीतिक शक्ति हो ।
तामाङसालीङ स्वायत्त राज्य परिषदको छाता संगठन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पनि यो आन्दोलनलाई नैतिक समर्थन दिइसकेकोले सरकार तुरुन्त विघठन नभएमा वा दमन गर्ने दुष्प्रयास गरेमा मञ्चसम्बद्ध लिम्बुवान, खम्बुवानसंगै यस तामाङसालीङ स्वायत्त राज्य परिषद पनि सम्पूर्ण शक्तिका साथ आन्दोलनमा उत्रने जानकारीका साथ सोको चेतावनी दिइएको छ । यस्तो चेतावनीसहित पे्रसित विज्ञप्तिमा तामाङसालीङ स्वायत्त राज्य परिषदका कार्यवाहक अध्यक्ष सिङमान ख्युङ्बा तामाङले हस्ताक्षर गरेका छन् ।

No comments: