लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख १८ - राजनीतिक टकराव कम गरेर सहमति खोज्नका लागि प्रमुख तीन दलको कार्यदल बैठक फेरि सुरु भएको छ । काँग्रेस महामन्त्री विमलेन्द्र निधिका अनुसार माओवादी नेताहरु बाबुराम भट्टराई र बर्षमान पुन बैठकस्थल आइपुगेका छन् । यसअघि दिउँसो तीन बजे बस्ने भनेर स्थगित भएको कार्यदलको बैठक माओवादीको सभा लम्बिएका कारण हुन सकेको थिएन । बिहान बसेको बैठकमा सहमतिका लागि रहेका छ वटा बुँदा मध्ये चार वटामा छलफल भइसकेको र बाँकी दुई विषयहरु संविधान निर्माण र शक्तिको बाँडफाँडमा छलफल सुरु हुने बताइएको छ । बिहानको बैठक सकरात्मक रहेको नेताहरुले बताएका छन् । सहमति हुन सक्यो भने माओवादीले घोषणा गरेको अनिश्चितकालिन आम हड्ताल फिर्ता हुने बताइसकेको छ । बैठकमा माओवादीका भट्टराई र पुन, काँग्रेसका निधि, सिटौला र रामशरण महत तथा एमालेका इश्वर पोखरेल र प्रदीप ज्ञवाली सहभागी छन् ।
No comments:
Post a Comment