News

May 5, 2010

तीन सय बढी आन्दोलनकारी बिरामी परे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालगन्ज/ गाउँगाउँबाट नेपालगन्ज आएका माओवादी कार्यकर्ता बिरामी पर्न थालेका छन् । चर्को गर्मी, अनियमित खाना, दूषित पानीका कारण माओवादी कार्यकर्ता बिरामी पर्न थालेका हुन् । तीन दिनमा तीन सय बढी आन्दोलनकारी बिरामी परेका छन् । उनीहरूको माओवादी आफैँले प्राथमिक उपचार गरिरहेको छ ।
माओवादी कार्यकर्तालाई टाउको दुख्ने, बान्ता हुने, पखाला लाग्ने जस्तो समस्या देखिएको छ । माओवादी बाँकेका सहइन्चार्ज आइपी खरेलका अनुसार बिरामी कार्यकर्ताको प्राथमिक उपचार भइरहेको छ । झाडापखालाबाट सिकिस्त भएका २५ जना माओवादी कार्यकर्ताको भेरी अञ्चल अस्पतालमा उपचार गरिएको छ ।
कार्यकर्तालाई विभिन्न होटेल, गेस्टहाउसमा राखिएका छन् । बिरामी पर्नेमा बाँके, बर्दिया र कैलालीका प्रदर्शनकारी रहेको एकप्कृत सहइन्चार्ज खरेलले जानकारी दिए । माओवादीले बाँकेलगायत बर्दिया, दाङ, कैलालीबाट समेत प्रदर्शनका लागि सर्वसाधारणलाई नेपालगन्ज उतारेको छ । कायकर्ता बिरामी पर्न थालेपछि मंगलबार माओवादीले विभिन्न ठाउँमा स्वास्थ्य शिविर राखेको छ ।

No comments: