लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख २२,माओवादीले आह्वान गरेको आमहडतालको चौथो दिन बुधबार २१ स्थानमा स्थानीयले बन्दको प्रतिकार गरेका छन्। त्यसैगरी ४० ठाउँमा तोडफोड भएको छ भने कुटपिट र अपहरणका ९ घटना भएका छन्। मकवानपुरमा एक जनाको मृत्यु भएको छ। बुटवल नगरपालिकाको कार्यालयमा बन्दकर्ताले साँझ ५ बजे झण्डा राख्ने क्रममा झडप भएको छ। प्रहरीले टियर ग्यास प्रहार गरी स्थितिलाई नियन्त्रणमा लिएको छ। प्रदर्शनकारीले साथै साँझ साढे ५ बजे बुटवल नगरपालिका–६ स्थित प्रहरी विटमा आगजनी गरेकोमा प्रहरीले नियन्त्रणमा लिएको छ भने सोही नगरपालिका–७ अमरपथस्थित प्रहरी बिटमा ढुङ्गा प्रहार गरी झ्यालको शिशा फुटाएका प्रहरी प्रधान कार्यालयले जनाएको छ।
No comments:
Post a Comment