News

May 6, 2010

राजावादीहरूले गोप्य बैठक गरे मोरङको जंगलमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
झापा, एकीकृत नेकपा (माओवादी) ले आमहडताल जारी राखेको मौकामा पूर्वी मोरङको जंगलमा राजावादीहरूले गोप्य बैठक गरेर आफनो चलखेल अघि बढाएका छन्।राजावादी संगठन डिफेन्स आर्मी’ का कार्यकर्ताहरूले केही दिनयता पूर्वी मोरङको बयरबन, लेटाङ, पथरी र शनिश्चरे क्षेत्रमा गतिविधि बढाएको सूचना त्यहाँबाट प्राप्त भएको छ। उनीहरूले विशेष गरी कानेपोखरीको जंगलमा बैठक बसी मुलुकमा बढेको असहमतिको यस मौकामा आफना गतिविधि बढाउने रणनीति तयार गर्न लागेको स्रोतले बताएको छ।यही क्रममा सो संगठनले राजावादीनिकट पत्रकारहरू बोलाएर मंगलबार बयरबनस्थित दहीझोडा जंगलमा पत्रकार सम्मेलन गरेको जानकारीमा आएको छ। साथै सो संगठनका नाममा त्यस आसपासका सामुदायिक वन उपभोक्ता समितिलगायतका संघसंस्थाबाट चन्दासमेत असुली भइरहेको स्रोतले जनायो।केही दिनयता जंगल र सडकनजिक नौला मानिसहरूको गतिविधि देखेर स्थानीयवासी त्रसित बन्न थालेको शनिश्चरे-१ का एक युवकले नाम उल्लेख नगर्ने र्सतमा बताए। घाँस-दाउरा गर्न जानेहरूले त्यस्ता मानिसहरूको गतिविधि देखेको बताउँदै उनले भने- केही दिनयता यस क्षेत्रमा राजावादीको अप्रत्याशित चलखेल बढेको छ।’बुटवल नगरपालिकामा पार्टी झन्डा गाडी धर्ना दिँदै माओवादी कार्यकर्ता । सोही क्रममा प्रहरीसँग झडप भएको थियो ।

No comments: