लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०६ मे, २०१०काठमाडौं - नेकपा एमालेले माओवादीको जारी आमहड्ताललाई आफुहरुले प्रतिकार नगर्ने बताएको छ ।अध्यक्ष झलनाथ खनालले आज एमाले मुख्यालय बल्खुमा पत्रकार सम्मेलन गरी प्रतिकारमा उत्रिएर गोली चलाउनेहरु अपराधी भएको बताए हुन ।
उनले त्यसमा एमालेको साधारण सदस्य भए पनि उसलाई 'रुल अफ ल'का आधारमा कारवाही गरिने बताए।माओवादीले यो आमहड्ताल नगरेको भए हुन्थ्यो, फिर्ता लिए हुन्थ्यो भन्ने हाम्रो चाहाना हो, उनले भने एमालेको नीति प्रतिकार गर्ने छैन, प्रतिकारमा उत्रिएका भए हामी विचार गर्छौं । उनले प्रतिकारमा उत्रिएर गोली चलाउनेलाई अपराधीको संज्ञा दिए ।
खनालले भक्तपुरलगायत केही ठाउँमा एमाले युवा संगठन युथ फोर्सको संलग्नतामा प्रतिकार गरेको भन्ने भनाइको खनालले खण्डन गरे ।अध्यक्ष खनालले गतिरोध निकास निकाल्ने बिषयमा कांग्रेस र माओवादी नै अनिर्णित भएको आरोप लगाए ।तर उनले दलहरुबीचको वार्तामा महत्वपूर्ण प्रगति भएको र छिट्टै समस्याको निकास निस्किने विश्वास व्यक्त गरे ।
लडाकु र पुर्नस्थापनका बिषयमा पनि समाधानको निकट पुगेका छौं, अन्य बिषयमा पनि छिट्टै सहमति बन्छ,' उनले भने । खनालले प्याकेजमै समस्याको समाधान खोज्ने प्रयत्न भएकाले ढिलाइ भएको पनि बताए ।तर कहिले सहमति हुन्छ भन्नेबारे भने केहि बताएनन्।

No comments:
Post a Comment