News

May 3, 2010

भावी प्रधानमन्त्रीको रुपमा रामचन्द्र पौडेल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०३ मे,२०१०,नेपाली काँग्रेसका उपसभापति एव. संसदीय दलका नेता रामचन्द्र पौडेलले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा उभ्याउनु भएको छ । आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपसभापति पौडेलले नेपाली काँग्रेसले सरकारको नेतृत्व गर्ने अवस्थामा आफू प्रधानमन्त्री बन्नसक्ने स्पष्ट पार्नुभएको हो । काँग्रेस संसदीय दलको चुनाव भईसकेकाले काँग्रेसबाट को प्रधानमन्त्री भन्ने कुरा स्पष्ट भईसकेको उल्लेख उपसभापति पौडेलले गर्नुभयो । दलहरुमा देखिएको अहंता नै गतिरोध अन्त्यको बाधक बनेको उहाँको भनाई थियो । सहमति नभए बहुमतबाट सरकार परिवर्तन गर्नसक्ने स्पष्ट व्यवस्था रहेकाले अन्यौलतामा रुमलिनुको कुनै औचित्य नरहेको पौडेलले बताउनुभयो ।

No comments: