News

May 3, 2010

कलाका लागि निर्वस्त्र तस्बिर खिचियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
म्यानचेस्टर/ निर्वस्त्र मानिसको तस्बिर खिचेर विवादमा आइरहने प्रसिद्ध अमेरिकी फोटोग्राफर स्पेन्सर टयुनिकले यसपटक पनि निर्वस्त्र मानिसको तस्बिर खिचेका छन् । प्रतिस्थापना कलाअन्तर्गत उनले सयौँ मानिसको सामूहिक निर्वस्त्र तस्बिर खिचेका हुन् । गत १ मेमा उनले बि्रटेनको म्यानचेस्टर र सालफोर्डमा कलाका लागि नग्न तस्बिर खिचे । टयुनिकले दुई सहरको कुल आठ स्थानलाई निर्वस्त्र प्रतिस्थापना कलाका लागि छानेका छन् । पहिलोपटक उनी फरक-फरक स्थानमा एउटै थिममा आफ्नो कलाकृति तयार गर्दै छन् । प्रतिस्थापना कलाको पहिलो दिन शनिबार सालफोर्डको पिल पार्कमा सयौँ मानिस स्वेच्छाले कलाका नाममा निर्वस्त्र भए । दुई दिन हुने कला प्रदर्शनमा निर्वस्त्र हुन एक हजारभन्दा बढी मानिसको भीड रहेको छ । टयुनिक भन्छन्, 'बि्रटेनका जनताको भरोसा जित्न मलाई एक दशक लाग्यो ।'टयुनिकको सालफोर्डस्थित प्रतिस्थापना कलामा भाग लिने महिला भिक्टोरिया डेनिङ भन्छिन्, 'विभिन्न आकार-प्रकारका मानिसलाई एकै ठाउँमा जम्मा गर्नु अत्यन्तै रमाइलो कुरा हो । हामी पत्रपत्रिकामा एक खास किसिमका शरीर भएका मानिसमात्र देख्छौँ । तर, वास्तविक जीवनमा पत्रपत्रिकामा देखिने जस्ता मानिस एउटा पनि भेटिँदैन ।'

No comments: