लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
महेन्द्रनगर, २० वैशाख,एकीकृत माओवादीले आमहडताल सुरु गरेपछि भारतले पश्चिमी सीमा नाकामा आफ्ना सुरक्षाकर्मीलाई 'अलर्ट' राखेको छ । भारतले आफ्ना सुरक्षाकर्मीलाई 'अलर्ट' अवस्थामा राखेको सीमामा रहेका नेपाली सुरक्षा पोस्ट तथा सीमा प्रहरी चौकीले जनाएका छन् । भारतले दार्चुलादेखि दोधारा-चाँदनीसम्मका सबै सीमा नाका तथा पोस्टमा सुरक्षा व्यवस्था कडा पारेको हो ।
भारतसँग जोडिएका पश्चिम नेपालका चारवटा खुला सीमा नाका र १८ वटा पोस्टमा भारतले सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) लगायत सबै सुरक्षा निकायलाई सतर्क अवस्थामा राखेको छ । दार्चुलाको दार्चुला, बैतडीको झुलाघाट, कञ्चनपुरको टनकपुर र गड्डाचौकी अन्तर्राष्ट्रिय खुला सीमा नाकामा सुरक्षाकर्मीलाई सतर्क अवस्थामा राखेको छ ।
त्यस्तै, दार्चुलाको जोलजीवी, बैतडीको पञ्चेश्वर, डडेल्धुरा, कञ्चनपुरको दोधारा, चाँदनी, बेलौरी, परासनलगायतका १८ वटा आवत-जावत गर्ने पोस्टमा कडाइ गरेको नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका सुरक्षा पोस्टले जनाएका छन् ।
सबै नाका र पोस्टमा एसएसबी, भारतीय प्रहरी तथा अन्य सुरक्षा निकायलाई चौबीसै घन्टा सतर्क अवस्थामा राखेको जनाएको छ । अत्याधुनिक हतियारसहित भारतीय सुरक्षाकर्मी चौबीसै घन्टा गस्तीसमेत गर्न थालेका छन् । गस्तीमा तालिम प्राप्त कुकुरसमेत प्रयोग गर्न थालिएको छ । सीमा नाकामा भारतले यसअघि नै सिसिटिभी राखिसकेको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा बल कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चित्रबहादुर केसीले सीमा क्षेत्रमा भारतले कडाइ गरेको स्विकार्दै भारतको आन्तरिक सुरक्षा भएकाले केही भन्न नमिल्ने प्रतिक्रिया दिए ।
यसका साथै भारतीय सुरक्षाकर्मीले भारतबाट नेपाल फर्किने नेपाली मजदुरको सुरक्षा जाँचमा कडाइ गरेको छ । सामान्य रूपमा आवत-जावत हुने गड्डाचौकी, टकनपुर, दोधारा, चाँदनी, बेलौरी, पुनर्बास सीमा नाकामा विशेष सुरक्षा जाँच गर्न थालिएको छ । भारतबाट आउनेलाई भन्दा भारततिर जाने नेपालीलाई कडाइ गरिएको छ । यसअघि सरसामान मात्र जाँच गर्ने भारतीय सुरक्षाकर्मीले आमहडताल सुरु भएदेखि शरीरको पनि खानतलासी लिन थालेका छन् । सबै सुरक्षा पोस्टमा 'मेटल डिटेक्टर' राखेर जाँच गरिन थालेको छ ।
माओवादी हडतालका कारण भारतबाट आएका नेपाली मजदुर महेन्द्रनगरमा अलपत्र परेका छन् । माओवादीले प्रदर्शन सुरु गरेको दिनदेखि नै महेन्द्रनगरबाट चल्ने लामो तथा छोटो दूरीका यातायातका साधन सञ्चालनमा नआएपछि भारतबाट आएका नेपाली मजदुर महेन्द्रनगर, गड्डाचौकीमा अलपत्र परेका हुन् ।
मध्य तथा सुदूरपश्चिमका सयौँ सर्वसाधारण दैनिक रूपमा पश्चिमी नाका गड्डाचौकी भएर आवत-जावत गर्ने गरेका छन् ।

No comments:
Post a Comment