लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हेटौँडा, वैशाख २४- मकवानपुरको मनहरी गाविस-१ लोथरमा दुई युवा समूहबीच बुधबार भएको झडपमा एक जनाको मृत्यु भएपछि तनावग्रस्त उक्त बस्तीका १ हजार बासिन्दा विस्थापित भएका छन्। लोथरका २ सय ३० परिवारका एक हजारभन्दा बढी बिस्थापित भएका हुन्।
मानव अधिकारकर्मी सङ्घ-संस्थाले गरेको स्थलगत अनुगमनपछि हिमराइट्स मकवानपुरले १ हजारभन्दा बढी विस्थापित भएको जनाएको छ। हिमराइट्सले शुक्रबार विज्ञप्ति जारी गर्दै 'तत्काल घर फर्कने वातावरण मिलाउन' ध्यानाकर्षण गराएको छ।हिमराइट्स मकवानपुरका कार्यक्रम अधिकृत खेम बोलखेद्वारा हस्ताक्षरित विज्ञप्तिमा 'असहज परिस्थितिका कारण घर छोडेर विस्थापित भएका सबै लोथरबासीलाई घर फर्कने वातावरण सिर्जना गर्न सुरक्षा निकाय र सम्बन्धित पक्षसँग अनुरोध गर्दछौं' –भनिएको छ। बुधबार दुई समूहबीच एक जनाको ज्यान जाने गरी भएको घटनापछि तनावग्रस्त बनेको लोथरमा अनुगमनका लागि पुगेका नागरिक सञ्जाल मकवानपुरका अध्यक्ष मुकुन्द अधिकारीले प्रहरीले माइकिङ गरेर विस्थापितलाई घर फर्कन आग्रह आग्रह गरे पनि आझै फर्कन नसकेको बताए। 'केही नजिकैको जङ्गल र केही चितवनतर्फ लागेको पाइयो', स्थलगत अवलोकनपछि उनले भने– असुरक्षा महसुस गरेका कारण उनीहरु घर फर्कन नसकेका हुन्। घटनास्थल पुगेर फर्किएका मानव अधिकारवादी र नागरिक समाजका प्रतिनिधिले घरमा अशक्त, वृद्ध र बालबालिकामात्रै भेटिएको बताएका छन्।

No comments:
Post a Comment