News

May 7, 2010

झड्पले तनाव उत्पन्न भएपछि धनकुटामा पुनः कर्फ्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०७ मे, २०१०,जिल्ला प्रशासन कार्यालय, धनकुटाले आज पनि धनकुटामा कर्फ्यु लगाएको छ । बिहान साँढे ७ बजेदेखि ११ बजेसम्म कर्फ्यु खुलाइएको समयमा प्रमुख सत्तारुढ दल एमालेको भातृ संगठन युथफोर्सका कार्यकर्ताहरुले जुलुस निकालेपछि एकीकृत माओवादीका कार्यकर्ताहरुले पनि जुलुस निकाल्ने तयारी गरेपछि स्थानीय प्रशासनले पुनः कर्फ्यु लगाएको थियो । माओवादी र युथफोर्सका कार्यकर्ताहरुबीचको झड्पले तनाव उत्पन्न भएपछि हिजो बेलुकादेखि धनकुटामा कर्फ्यु लगाएको थियो ।

No comments: