लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१९ वैशाख : शान्ति र सहमतिका लागि भन्दै प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामा माग्दै आएका एमाले उपाध्यक्ष वामदेव गौतमलगायतले आइतबार पार्टीअध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् । ६० जना
नेता तथा कार्यकर्ताको नेतृत्व गर्दै प्रधानमन्त्रीको राजीनामा माग्ने गौतमलाई कारबाही गर्न पनि पार्टीभित्र आवाज उठेको छ । गौतमले आइतबार बिहान पार्टीअध्यक्ष झलनाथ खनाललाई इमेलमार्फत ज्ञापनपत्र पठाएका थिए । 'देशभित्रका प्रतिगामी, दक्षिणपन्थी तथा यथास्थितिवादीहरू र विदेशी प्रतिक्रियावादीहरू नेकपा एमालेका काँधमा बन्दुक राखेर मुलुकलाई गृहयुद्धतर्फ धकेल्न थालेका छन्, एमाले र देशको हितका लागि प्रधानमन्त्री क. माधवकुमार नेपालले तुरुन्त राजीनामा दिई राष्ट्रिय सहमतिका लागि मार्ग प्रसस्त गर्न जोडदार माग गर्दछौँ,' ज्ञापनपत्रमा माग गरिएको छ । ज्ञापनपत्रमा प्रधानमन्त्रीको राजीनामाका लागि आवश्यक पहल गर्न पार्टीअध्यक्ष खनालको ध्यानाकर्षण पनि गरिएको छ । माधव नेपालको नेतृत्वको सरकार गठन भएदेखि नै गौतमले गठबन्धनलाई दक्षिणपन्थी भनेका थिए र उनले पार्टीमा त्यतिवेलै फरक मत दर्ता गराएका थिए । गौतमको फरक मतलाई एमाले केन्द्रीय कमिटीको बैठकले जिल्ला तहसम्म बहसको रूपमा लैजाने निर्णय गरेको थियो । शनिबार प्रधानमन्त्री नेपालले राष्ट्रको नाममा गरेको सम्बोधनले गृहयुद्धको आमन्त्रण गरेको आरोप पनि ज्ञापनपत्रमा लगाइएको छ । 'प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रिय सहमतिको वातावरण बनाउनुभन्दा मुलुकलाई मुठभेडतर्फ लैजाने अभिव्यक्ति दिनुभएको छ । यस अभिव्यक्तिबाट प्रधानमन्त्री मुलुकलाई गृहयुद्धतर्फ धकेल्न उद्यत् देखिनुभएको छ,' ज्ञापनपत्रमा उल्लेख छ

No comments:
Post a Comment