लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०९ मे,२०१०,प्रधानमन्त्री माधवकुमार नेपालले माओवादी लडाकुको समायोजन र वाईसीयलको अर्द्ध सैनिक संरचना भंग नगरेसम्म राजीनामा नदिने बताएका छन्।दलहरुबीच सहमतिका लागि प्रयासरत उद्योगी,व्यवसायीसँग आज भएको भेटमा प्रधानमन्त्री माधवकुमार नेपालले सो धारणा राखेका हुन।उद्योगी,व्यवसायीहरुले भने छिटो सहमति कायम गर्न आग्रह गरेका छन् ।माओवादीले आफ्नो अनिश्तिकालीन आमहडताल फिर्ता लिएपछि राजनीतिक संकटको निकासका लागि उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्सको अगुवाईमा उद्योगी,व्यवसायीहरु प्रधानमन्त्रीलाई सहमतिका लागि दवाब दिन आज बालुवाटार पुगेका थिए ।प्रधानमन्त्री नेपालले माओवादी लडाकुको समायोजन र वाईसीयलको अर्द्ध सैनिक संरचना भंग गरिए जारी संकटको निकास निस्किने बताए । उनले मुख्य दुई मुद्दामा सहमति हुनासाथ गतिरोध पनि अन्त्य हुने बताए । यसैबीच प्रधानमन्त्री माधवकुमार नेपालले आजै एकीकृत माओवादीका अध्यक्ष प्रचण्डलाई वार्ता र सहमतिका लागि आग्रह गर्दै पत्र पठाउने तयारी गरिरहनु भएको छ ।
प्रधानमन्त्री निकट समाचारस्रोतका अनुसार सरकार प्रमुखको हैसियतले मुलुकमा विद्यमान राजनीतिक संकट समाधानका लागि र्सवत्र अनुरोध भएपछि प्रधानमन्त्री नेपालले माओवादी अध्यक्ष प्रचण्डलाई आज पत्र पठाएर वार्ता र सहमतिबाट समस्या समाधान गर्न आग्रह गर्न लाग्नु भएको हो । प्रधानमन्त्री नेपालले आफू सहमति र सहकार्यको पक्षमा रहेको स्पष्ट पार्दै सहमति भए राजीनामा दिन समेत तयार भएको बताउँदै आउनु भएको छ । यद्यपि उहाँले सडक आन्दोलनबाट राजीनामा नदिने चेतावनी समेत दिनुभएको छ ।

No comments:
Post a Comment