News

May 2, 2010

प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा नदिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीले सडक संघर्ष चर्काउँदैमा आफूले राजीनामा नदिने तर राष्ट्रिय सहमतिका लागि हुने प्रयत्नहरुमा आफू लचिलो रहने बताएका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुलामन्चमा सरकारको चर्को विरोध गरेको केही बेरमै प्रधानमन्त्रीले राष्ट्रका नाममा संबोधन गर्दै माओवादीलाई आम हडताल फिर्ता लिन आग्रह गरेका थिए। एकिकृत माओवादीले प्रधानमन्त्रीको राजीनामा माग गर्दै शनिवार राजधानीमा शक्ति प्रदर्शन गरेपनि प्रधानमन्त्री माधवकुमार नेपालले सरकार नछोड्ने बताएका छन्।

No comments: