News

May 5, 2010

आम हडताल रोकेर वार्तामा आउन सत्तापक्षको आह्वान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सत्ताधारी दुई प्रमुख दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले प्रमुख विपक्षी माओवादी समक्ष यस अघि राख्दै आएका शर्तहरु समयबद्ध रुपमा पुरा हुने भरपर्दो वातावरण बनेमात्र राष्ट्रिय सहमतिको लागि तयार हुन सकिने बताएका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकपछि माओवादीसँग कसरी व्यवहार गर्ने भन्ने कुरामा दुई दल एकमत रहेको सहभागीहरुले जनाएका छन्। माओवादीले यस अघि भएका संझौता कार्यान्वयन गर्नुपर्नेमा दुबै दलको साझा मत रहेको नेपाली कांग्रेसका नेता डा. रामशरण महतले बताए। यस अघि भएका कुनै पनि संझौता माओवादीले पालना नगरेको भन्दै आफुहरु अब समयबद्ध रुपमा कार्यान्वयनको वातावरण बने मात्र विश्वस्त हुनसक्ने नेता महतको भनाइ थियो।
माओवादी सेना व्यवस्थापन तत्काल हुनुपर्ने, वाइसीएलको अर्ध सैनिक संरचना भंग गरिनुपर्ने र लुटिएका जायजेथा व्यवहारमै फिर्ता गरिनुपर्ने एमाले र कांग्रेसको शर्त रहँदै आएको छ। एमाले नेता विष्णु पौडेलले सहमतिको विकल्प नभएपनि सडक संघर्षबाट समाधान ननिस्कने भन्दै माओवादीले आम हडताल त्यागेर वार्तामा आउनुपर्ने बताएका छन्। पौडेलले भने, “सडक संघर्षबाट सरकार परिवर्तन हुन सक्दैन, माओवादीको जारी आम हडतालले राष्ट्रिय सहमतिको वातावरण पनि बनाउँदैन।”सोमबार माओवादीले एमाले र कांग्रेससँग छुट्टाछुट्टै वार्ता गरेको थियो।

No comments: