News

May 8, 2010

माओवादीले दियो दुई दिने अल्टिमेटम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०८ मे,२०१०,एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले फुटबल सरकारवादीको कोर्टमा रहेको भन्दै उनीहरुले कसरी फर्काउँछन्, हेर्न बाँकी रहेको बताउनुभएको छ । अध्यक्ष प्रचण्डले राजनीतिक गतिरोध अन्त्य गर्नको लागि सत्तारुढ दल र सरकारलाई दुई दिनको अल्टिमेटम दिंदै उनीहरुसँग तत्काल वार्ता नगर्ने चेतावनी समेत दिनुभएको छ ।
राजधानीको खुलामञ्चमा आज आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एकीकृत माओवादी जनताप्रति संवेदनशील भएका कारण हालका लागि आमहड्ताल स्थगित गरिएको बताउनुभयो । जनतामाथि जनता भिडाउने षड्यन्त्र भएकाले आफूहरुले आमहड्ताल फिर्ता लिएको उहाँले बताउनुभयो ।
उहाँले आफूहरुको उद्देश्य संविधानसभामार्फत संविधान बनाउनु भएको स्पष्ट पार्दै शान्ति र संविधानको नारा अन्तर्गत नौंलो र अभूतपूर्व हड्ताल गरेको बताउनुभयो । उहाँले अब सरकारले दिने प्रतिक्रिया अनुसार रणनीति तय गर्ने समेत बताउनुभयो । भोलिसम्ममा पनि आफ्ना मागहरु सम्बोधन नभए आन्दोलनको आँधिबेहरी सिर्जना गर्ने चेतावनी अध्यक्ष प्रचण्डले दिनुभयो ।

No comments: