लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/नबराज लिम्बु,
संघीयता, स्वायत्तता, समावेशी अभियान,
दिगो शान्ती समृद्धि अरुण - सप्तकोशी पूर्व लिम्बुवान १
भन्ने मूल नाराको साथ यहि वैशाख २६ गते सुनसरीको सुन्दर नगर इटहरी, लिम्बुवानमा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद अन्तर्गत लिम्बुवान भोलिन्टियर्सको बिशाल कार्यक्रम सम्पन्न हुन गइरहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा संखुवाखोला - अरुण - सप्तकोशी नदीपूर्वका नौं जिल्लाहरु संखुवासभा, धनकुटा, सुनसरी, मोरङ, झापा, इलाम, पान्थर, ताप्लीजोङ् र तेह्रथुमलाई जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकार तथा आई.एल.ओ. महासन्धि १६९ र युएन्ड्रिप अनुसारको विशिष्ट स्वायत्तता सहितको लिम्बुवान स्वयात्त राज्य घोषणा गराउन र जेष्ठ १४ गते नैं संविधान जारी गर भन्दै लिम्बुवान भोलेन्टीयर्स (LV) को वृहत भेला तथा खबरदारी आमसभा सम्पन्न हुन गइरहेको छ । सो कार्यक्रममा प्रमूख बक्ताः संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन “मिराक” ले सम्बोधन गर्नु हुनेछ ।
कार्यक्रमहरुः
२०६७ साल वैशाख २६ गते खवरदारी आमसभा -५० हजार लिम्बुवान भोलिन्टीयर्स (LV) द्वारा प्रदर्शन
२०६७ साल वैशाख २७ गते लिम्बुवान भोलिन्टीयर्स (LV) कमाण्डरहरुद्वारा बहस कार्यक्रम ।
२०६७ साल वैशाख २८ गते लिम्बुवान भोलिन्टीयर्स (LV) कमाण्डरहरुलाई राजनैतिक प्रशिक्षण कार्यक्रम ।
आयोजकः मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद मातहतको लिम्बुवान भोलिन्टीयर्स केन्द्रीय कमाण्ड, लिम्बुवान, नेपाल ।
No comments:
Post a Comment