News

May 6, 2010

जाजरकोटमा कांग्रेस , एमालेलाई गाउँ जान रोक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०६ मे, २०१०जाजरकोट-माओवादीले आयोजना गरेको आमहड्तालको पांचौ दीन उसले जाजरकोटका सम्पूर्ण सरकारी कार्यालयमा तालाबन्दी गदै कांग्रेस , एमाले लगायतका राजनीतिक दलका कार्यकर्तालाई गाउँ जान रोक लगाएको छ । एमाले लगायतका राजनीतिक दलका नेताहरुले सो घटनाको विरोध गरेका छन्।
उनीहरुले माओवादी निणयको प्रतिकारमा उत्रने बताएका छन्। माओवादीले जिल्ला प्रशासन, जिल्ला विकास समिति, जिल्ला शिक्षा, खानेपानी, मालपोत, बैकं, खाद्य संस्थान लगायतका कार्यालयहरु बन्द गरेका छन् । त्यसैगरी सम्पूर्ण विद्यालय बन्द भए पछि झण्डै ७० हजार विद्यार्थीको पठनपाठन ठप्प भएको छ ।

No comments: