News

May 2, 2010

बेसबलकी महिला खेलाडी पनि कामुक तथा सुन्दरी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लन्डन/ खेलकुद जगतमा महिला टेनिस सुन्दरीको चर्चा व्यापक हुने गरिन्छ । विश्वका चर्चित मिडियाले समेत उनीहरूको समाचार प्राथमिकताका साथ सम्प्रेसन गर्छ । सधैँजस्तो टेनिस सुन्दरीहरूको खेलजीवनदेखि निजी जीवनसम्मका स-साना पक्षलाई मिडियाले पछ्याइरहेको हुन्छ । युरोपेली तथा अमेरिकन मिडियाले टेनिसबाहेक अन्य खेलकी महिला खेलाडीप्रति खासै चासो नराखेको देखिन्छ ।तर, इएसपिएनले शनिबार सन् २०१० को 'सेक्सी एथलेटिक महिला' सार्वजनिक गर्दा अमेरिकी बेसबलकी खेलाडी जेनिए फिन्चले बाजी मारेकी छिन् । इएसपिएनले यस सिजनको सर्वाधिक कामुक तथा सेक्सी महिला खेलाडीको ताज फिन्चलाई दियो । सिजनकै कामुक महिला बनेपछि फिन्चले बेसबलकी महिला खेलाडी पनि कामुक तथा सुन्दरी भएको दाबी गरेकी छिन् ।
'सबैले टेनिसलाई मात्र स्थान दिन्छन्, तर अमेरिकी बेसबलकी महिला पनि कम छैनन्,' फिन्चले भनिन्, 'यसको प्रमाणस्वरूप बेसबल खेलाडी नै एक नम्बरको सेक्सी महिला घोषित भएको छ ।' गल्फकी नाटालिई गुल्विसले दोस्रो स्थान प्राप्त गरेकी छिन् । उनी तीनपटककी एलपिजिए विजेता खेलाडीसमेत हुन् । गल्फबाहेक नाटालिई मोडलिङ पनि गर्छिन् । यस सिजनमा उनले मोडलिङबाटै दस लाख डलर आर्जन गरेकी छिन् ।
इएसपिएनको नजरमा रुसी टेनिस खेलाडी मारिया सारापोभा अप्रत्यासित रूपमा तेस्रो स्थानमा रहिन् । मारियाबाहेक अन्य कुनै महिला शीर्ष दस स्थानमा अटाएका छैनन् । सर्वाधिक सेक्सी महिलाको ताज पहिरिन नपाए पनि मारियालाई निर्वादित रूपमा टेनिसमा भने सर्वाधिक कामुक खेलाडीका रूपमा लिने गरिन्छ । क्यानोन क्यामराको मोडेलसमेत रहेकी मारियाले दुईपटक ग्रान्डस्लाम उपाधि जितेकी छिन् ।
अमेरिकी राष्ट्रिय हाइजम्पकी कप्तान आर्मी एक्युफले चौथो स्थानमा चित्त बुझाइन् । ६ फिट २ इन्च अग्ली एक्युफले चारपटक ओलम्पिकमा सहभागिता जनाएकी छिन् । बिच भलिबलकी मिस्टा टे्रनोरले पाँचौँ स्थान रक्षा गरिन् । दुईपटक ओलम्पिककी स्वर्णपदक विजेता मिस्टा उत्कृष्ट बिच भलिबल महिला खेलाडीमध्ये एक हुन् । एसिएए खेलाडीबाट सम्मानित मिस्टाको अर्को रुचि भनेको चलचित्र तथा मोडलिङ हो । अफ सिजनमा अक्सर उनी मोडलिङमै व्यस्त हुन्छिन् ।
क्यालिर्फोनियाबाट प्रतिनिधित्व गर्ने स्विमर अमान्दा बेर्ड छैटाँै स्थानमा छिन् । सन् २००८ को ओलम्पिक छनोटमा असफल भएपछि उनले स्विमिङबाट सन्न्यास लिइन् । यसअघि उनले सात ओलम्पिक पदक आफ्नो पोल्टामा राखेकी छिन् ।
अस्ट्रेलियन गल्फर अन्ना रावसोनले साताँै स्थान कब्जा गरिन् । गल्फ र मोडलिङमा एकै साथ लगेकी रावसोनले सन् २००८ मा उच्च शिक्षा सकेकी थिइन् । १६ वर्षको उमेरमै उनले अस्ट्रेलियाबाट प्रकाशित हुने डोली म्यागजिनका लागि मोडलिङ गरेकी थिइन् । रावसोनको अर्को सोख भनेको फोटोग्राफी गर्नु हो ।
विशेषगरी उनी वाइल्डलाइफ फोटोग्राफी गर्न मन पराउँछिन् । सिनसिनाटीकी फुटबल खेलाडी हिथेर मिट्सले आठौँ दर्जा पाइन् । इएसपिएनको सर्वेक्षणमा पोलभोल्टकी अलिसोन स्टोक नवौँ स्थानमा रहँदा हवालाकी लेकेलानी माइकल दसौँ स्थानमा सीमित भइन् ।

No comments: