News

May 4, 2010

सरसफाईमा पो लागे माओवादी कार्यकर्ताहरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०४ मे,२०१०,वाईसीएलले आमहड्तालकै बीचमा आज बिहान काठमाडौंका विभिन्न स्थानमा सरसफाई अभियानलाई पुनः तीब्र बनाएका छन् । वाईसीएलका केन्द्रीय अध्यक्ष गणेशमान पुनको नेतृत्वमा रहेको टोलीले पुरानो बसपार्क, डिल्लीबजार, पुतलीसडक, पद्मोदयलगायतका स्थानमा व्यापक सरसफाई गरेका छन् । वाईसीएलले उठाएको उक्त फोहोर महानगरपालिकाका फोहर बोक्ने सातवटा ट्रक र टोल सुधार समितिका अन्य गाडी, र निजी गाडीमा समेत लादेर पठाइएको महानगरपालिकाका कर्मचारी दिकबहादुर कार्कीले जानकारी दिनुभयो । आफू रहेको इलाकालाई सफा राख्ने र जनसम्बन्ध विस्तार गर्ने उद्देश्यले उक्त सरसफाइ गरिएको वाईसीएल अध्यक्ष पुनले बताउनुभयो ।

No comments: