News

Sep 1, 2012

लादेनकोबारे किताब लेख्नेलाई कारबाही हुन सक्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अमेरिकी रक्षा मन्त्रालयले ओसामा बिन लादेन मारिएको घटनाबारे किताब लेख्ने अमेरिकी विशेष फोर्सका पूर्व सदस्यमाथि कारवाही हुन सक्ने बताएको छ । रक्षा विभागका एक उच्च वकिलले ती सैनिकले सैनिक गोप्यता सार्वजनिक नगर्ने सम्झौता उल्लंघन गरेको भन्दै कारवाही हुनसक्ने बताएका छन् । रक्षा मन्त्रालयका अनुसार ती पूर्व सैनिकले सन् २००७ मा अमेरिकी सेना संग गोप्यता सम्बन्धि दुई वटा सम्झौता गरेका थिए । सन् २०११ मा भएको ओसामा बिन लादेनको ज्यान जाने गरी भएको अमेरिकी सैन्य कारवाहीको विवरण समेटेर मार्क ओबेनको नामबाट लेखिएको नो ईजी डे नामको किताब आउँदो हप्ता सार्वजनिक गर्ने तयारी भईरहेको छ । रक्षामन्त्रालयका वकिल जेह जान्सनले किताब लेखेर गोप्यता सम्बन्धि सम्झौता उल्लंघन गरेको भन्दै लेखकको ध्यानाकर्षण गराउँदै पत्र लेखेका बिबिसीले जनाएको छ ।

No comments: