News

Sep 3, 2012

मुन्धुम् पुरस्कार बैरागी काइँलालाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
यसवर्षको रत्नशोभा-शुभलक्ष्मी मुन्धुम् पुरस्कार नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति बैरागी काइँलालाई प्रदान गरिएको छ । किराँत लिम्बू जातिको मौलिक धर्मग्रन्थ ‘मुन्धुम्’ को खोज अनुसन्धान गरी त्यसको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएबापत उहाँलाई नगद एक लाख राशिको उक्त पुरस्कार प्रदान गरिएको हो । किराँत याक्थुङ चुम्लुङको २४ औं स्थापना दिवसको उपलक्ष्यमा यहाँ एक कार्यक्रमबीच संस्कृतिविद् सत्यमोहन जोशीले नगद पुरस्कार र प्रमाण-पत्र प्रदान गर्नुभयो । किराँत याक्थुङ चुम्लुङले यसै वर्षबाट स्थापना गरेको यो लिम्ब्ाूजातिको अहिलेसम्मकै सर्वाधिक ठूलो राशिको पुरस्कार हो । कुलपति काइँलाद्वारा प्रकाशित विभिन्न मुन्धुम्मध्ये तङ्सिङ मुन्धुम्लाई यसवर्ष पुरस्कृत गरिएको हो । मुन्धुम् लिम्बूजातिको लोक-वाङ्मयको महाकाव्य हो । विसं. १९९६ साउन २५ गते पाँचथरको पौवसार्थक गाविसमा जन्मनुभएका काइँला -तिलबिक्रम नेम्वाङ्) ले किराँत लिम्बूजातिको मौलिक धर्मग्रन्थ ‘मुन्धुम्’ को खोज अनुसन्धान गरी नेपाली भाषामा समेत अनुवाद गर्नुभएको छ । उहाँद्वारा प्रकाशित कृतिहरुमा क्रमशः किराँत मिवहन सम्ले -२०३८), महागुरु फाल्गुनन्दका उपदेशहरु तथा सत्य हाङ्मा पन्थका भजनमालाहरु -२०४७), केखपुजा आख्यान -२०४८), आँखी डाइरी मुन्धुम् -२०५१), सामसोधा मुन्धुम् -२०५१), मोचमार्ने मुन्धुम् -२०५२), तङ्सिङ् मुन्धुम -२०५२), सृष्टि आख्यान -२०६१) रहेका छन् ।

No comments: