लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
डडेल्धुरा जिल्लामा भएको भिषण बन फडानी सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सहसचिवदेखि फरेष्टर सम्मका ११ जना कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । साथै मुद्धामा सामुदायिक वनका पदाधिकारी र काष्ठ व्यवसायी गरी १ सय ८५ जनालाई पनि मुद्धामा प्रतिवादी बनाइएको छ ।
जथाभावी वन फडानी गरी राज्यलाई ४३ करोड १० लाख रुपैयाँ भन्दा बढी हानी पुर्याएको जिकीर गर्दै अख्तियारले जरिवाना र विगो असुलउपर गर्न माग गरिएको छ । डडेल्धुरामा जथाभावी रुपमा साल, सल्ला र खयरका ७ लाख ५५ हजार क्युफिट भन्दा बढी काठ बराबरको वन फडानी भएको पाइएको छ । यसअघि बन अतिक्रमण, विनाश र समुदायीक बन सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगले दोषी ठहर भएका व्यक्तिहरुलाई कारवाही गर्न सरकारलाई अनुरोध गरेको थियो ।
No comments:
Post a Comment