लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इराकबाट भागेर टर्कीमा बस्दै आएका इराकका उपराष्ट्रपति तारिक अल हाशिमीले इराकी अदालतले आफू विरुद्ध सुनाएको मृत्यदण्डको सजाय अस्वीकार गरेका छन् । आफ्नो अनुपस्थितिमा सुनाइएको सजाय राजनीतिबाट प्रेरित रहेको बताएका छन् । टर्कीमा रहेका हाशिमीले पत्रकार सम्मेलन मार्फत इराकी प्रधानमन्त्री नूरी अल मल्लिकको सरकार विरुद्ध आक्रोश व्यक्त गरे ।
उनले आपूम् निर्दोष रहेको भन्दै मुलुकको सेवा गरिहने दृढता व्यक्त गरे । हिजो मात्र इराकी अदालतले हाशिमी विरुद्ध एक जना बिग्रेडियर जनरल, कानुन व्यवसायी लगायत शिया समुदायको हत्यामा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको थियो ।
उनी विरुद्ध अन्य १ सय ५० वटा आरोप पनि लगाइएको छ । इराकको सुन्नी मुश्लिम समुदायका सबैभन्दा उच्च नेता हासिमीलाई मृत्युदण्डको सजाय सुनाए लगत्तै इराकका विभिन्न शहरमा भएको श्रृंखलावद्ध बम विष्फोटमा ९३ भन्दा बढी मारिएका छन् ।
No comments:
Post a Comment