लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रुसमा रहेको अमेरीकी सहयोग नियोग युएस एड अक्टोबर १ तारिखबाट बन्द हुने भएको छ ।
रुस सरकारको आग्रहपछि अमेरीकाले आफ्नो मिशन युएस एडको कार्यालय बन्द गर्न लागेको हो ।
उक्त कार्यालय बन्द हुने भएसँगै अब दुई दशकदेखि रुसका विभिन्न शहरमा संचालित दर्जनौं अमेरीकी परियोजना रोकिने भएका छन् ।
रुस सरकारले यही अक्टोबर १ तारिखसम्म युएस एडअन्तर्गत आफ्नो देशमा संचालित सबै कार्यक्रम बन्द गर्न आदेश दिएपछि अमेरिकाले बन्द गर्न लागेको हो ।
रुसले अमेरीकालगायतका केही मुलुकले विकाश र मानवीय कार्यक्रमको नाममा आफ्नो देशमा सरकार विराधी प्रदर्शन उक्साएको भन्दै आपत्ति जनाउँदै आएको थियो ।
पछिल्लो समय राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध प्रदर्शन बढ्नुमा अमेरीकी सहयोग नियोगहरुको हात रहेको रुसको ठम्याई छ ।
No comments:
Post a Comment