News

Sep 9, 2012

अध्यादेश जारी नभएकोप्रति प्रधानमन्त्री असन्तुष्ट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भाद्र २४ - प्रधानमन्त्री बाबुराम भट्टराईले शिक्षा अध्यादेश जारी गर्न ढिलो गरेको भन्दै राष्ट्रपति रामवरण यादवप्रति असन्तुष्टि जनाएका छन् । विश्व साक्षरता तथा राष्ट्रिय शिक्षा दिवसका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् । 'शिक्षा ऐनमा संशोधन गर्ने अध्यादेश सम्माननीय राष्ट्रपतिज्यूसमक्ष पेस भइसकेको छ । त्यसलाई जारी गर्न ढिलाइ हुादा शैक्षिक क्षेत्रको सुधारको प्रयास अवरुद्व भइरहेको तीतो यथार्थप्रति सबैको ध्यान जानु जरुरी छ,' शिक्षा मन्त्रालयले गरेको अव्यवस्थित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, 'कक्षा ८ सम्मको आधारभूत शिक्षालाई निःशुल्क र अनिवार्य बनाई माध्यमिक शिक्षालाई एकीकृत गर्ने काम हुन सकेको छैन । लामो समयदेखि बाँकी रहेका शिक्षक व्यवस्थापनसम्बन्धी समस्यालाई सम्बोधन गर्न सकिएको छैन ।'

No comments: