News

Sep 5, 2012

फेसबुकले अपराध अनुसन्धानमा सफलता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भदौ २० - नेपालमा सामाजिक सञ्जाल फेसबुकका प्रयोगकर्तासँगै पीडक संख्या पनि बढ्दो छ। सर्वसाधारणमात्रै हैन, उच्च तहका सरकारी अधिकारी र प्रहरीलाई समेत हैरान बनाएको छ फेसबुक लगायतका सामाजिक सञ्जालले। सोसियल बेकर्स डट कमका अनुसार नेपाली फेसबुक प्रयोगकर्ताको संख्या १७ लाख बढी छ। महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख देवेन्द्र सुवेदी महाशाखाको साइबरक्राइममा आएका उजुरीमध्ये सोसल नेटवर्क सम्बन्धी ३२ वटा छन्। तीमध्ये अधिकांश उजुरी फेसबुक सम्बन्धी छन्। जटिल अनुसन्धान प्रकृयाका कारण फेसबुक लगायतका सामाजिक सञ्जाल सम्बन्धी आउने उजुरीले प्रहरीलाई समेत दिक्क बनाउने शब्द बनिसकेको अवस्थामा केन्द्रिय अनुसन्धान व्युरोले भने फेसबुककै सहयोगमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धान सफल बनाएको छ। इन्जीनियरिङ अध्ययन संस्थान पुल्चोकको प्रवेश परिक्षाको प्रश्नपत्र लिक गर्ने समूहलाई व्युरोले फेसबुकको सहयोगको पक्राउ गर्न सफल भएको हो। उसले फेसबुकको सहयोगमा प्रश्नपत्र बिक्रीमा संलग्न समूहको पहिचान गर्दै १४ जनालाई पक्राउनै गरेको छ। प्रहरीले प्रश्नपत्र लिक गरी बिक्री गरेको अभियोगमा सिद्धार्थ लामा, लोकेन्द्र विष्ट, किशोर विष्ट, रविन पोखरेल, किशोर विष्ट, रविन पोखरेल, वीरेन्द्र साह, मदन मण्डल, मनोज यादव, शिव सागर यादव, राम विनय मण्डल, अमितकुमार यादव, राजिव चौलागाई, राजकुमार राउत, करण चौरसिया र निरज चौधरी पक्राउ परेका छन्। घटनामा संलग्न कृष्ण झा र प्रमोद यादव फरार छन्। एक कपी प्रश्नपत्र प्रमोदले समेत बिक्री गर्न लिएको खुले पनि उनी पक्राउ नपरेकाले उनले प्रश्नपत्र क-कसलाई बेचे भन्ने खुल्न सकेको छैन। व्युरोका प्रहरी अधिकारीले फेसबुकको समूहमा राखिएको प्रश्नपत्र सम्बन्धी अडियो क्लिपका आधारमा अनुसन्धान अगाडि बढाउँदा प्रश्न पत्र लिक गर्ने र बिक्री गर्ने आपराधिक घटनामा संलग्नहरुको पहिचान गर्न सकेको हो। व्युरोका प्रमुख उपेन्द्रकान्त अर्यालले मंगलबार अनुसन्धान विवरण सार्वजनिक गर्दै 'फेसबुकमा प्रश्नपत्र पढेको अडियो क्लिप भेटिएपछि त्यसैको आधारमा घटनामा संलग्न अभियुक्त पक्राउ गर्न सफल भएको बताए। प्रहरीका अनुसार विद्यार्थीले सजिलोका लागी फेसबुकमा गु्रप पेज बनाएर परीक्षाको दिन साउन २७ गते बिहानै त्यसमा प्रश्न पत्र पढेको क्लिप राखेका थिए। सोही क्लिपको आधारमा परीक्षामा सहभागी हुने विद्यार्थीले अडियो क्लिप डाउनलोड गरेर सुनेर आठ बजे भएको परिक्षामा सहभागी भएका थिए। तर, केही दिनमै प्रश्नपत्र बाहिरिएको पुष्टी भएपछि क्याम्पसले करिव १० हजार सात सय विद्यार्थीको परीक्षा रद्द गर्दै अनुसन्धानका लागि व्युरोलाई आग्रह गरेका थिए।

No comments: