लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्व राजा ज्ञानेन्द्र शाहको पश्चिमाञ्चल भ्रमणलाई रोक्न सात राजनीतिक दलले शुक्रबारका लागि म्याग्दी बन्द घोषणा गरेका छन् ।
म्यादीका नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी, नेकपा–माओवादी, नेकपा एकीकृत सँगै सात प्रमुख राजनीतिक दलले पूर्व राजाको भ्रमणलाई रोक्न शुक्रबारको लागि जिल्ला बन्दको घोषणा गरेका हुन् । प्रमुख राजनीतिक दलले पूर्व राजाको भ्रमण आयोजकले ‘श्री ५ बडामहाराजधिराज सरकार’ भन्दै भ्रमण सञ्चालन गरेको भन्दै आपत्ति जनाएका हुन । त्यसको विरोधमा राजनीतिक दलले बिहिबार विरोध प्रदर्शन गर्नुका साथै साँझ म्याग्दीमा मशाल जुलुश निकाल्ने कार्यक्रम राखेका छन् ।
राजनीतिक दललले राजाको अनावश्यक प्रचार गरेको प्रति आपत्ति जनाउँदै भोलीको लागि जिल्लाबन्दको घोषणा गरेका हुन । म्याग्दी नेपाली कांग्रेस कार्यालयमा सात राजनीतिक दलका नेताका बिचमा भएको छलफललले राजाको भ्रमणका विरोध कार्यक्रम सार्वजनिक गरेको हो । लामो समयदेखि राजाको पक्षमा वकालत गर्दै आएका राप्रपाका एक नेताले भने राजाको धार्मिक भ्रमणको विरोधमा राजनीतिक दल उठ्नुको कुने अर्थ नभएको बताएका छन् ।
No comments:
Post a Comment