News

Sep 24, 2012

पोखराको जाममा ज्ञानेन्द्र र प्रचण्डको जम्काभेट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
धार्मिक भ्रमणका लागि पोखरा पुगेका पूर्व राजा ज्ञानेन्द्र र आरामका लागि पोखरा पुगेका एकीकृत माओवादीका अध्यक्ष प्रचण्डबीच पोखराको जाममा जम्काभेट भएको छ । भाइरल ज्वरोले चिकित्सको सल्लाहा अनुसार आरामका लागि पोखरा पुगेका प्रचण्ड स्तुपा नजिक पीस ड्रागन होटलमा जाँदै गर्दा स्याङ्जाबाट फर्कदै गरेका ज्ञानेन्द्रसँग जम्काभेट भएको हो । प्रचण्ड र ज्ञानेन्द्रको सुरक्षामा खटिएका सुरक्षाकर्मीले जाम हटाउँने कोशिस गर्दा एकातर्फकाले पूर्व राजा ज्ञानेन्द्र रहेको र अर्कातर्फकाले प्रचण्ड रहेको बताएपछि केही बेर दुवै पक्षका सुरक्षाकर्मी रोकिएका थिए । पूर्व राजा र माओवादीका अध्यक्ष दाहालका बीचको जम्काभेटले उक्त ठाउँमा रहेका सुरक्षाकर्मीलाई पाँच मिनेटसम्म अलमल बनाएको थियो । एकीकृत माओवादी महाधिवेशन आयोजक समितिका सदस्य प्रकाश पोखरेलले बताएअनुसार ‘ज्ञानेन्द्र स्याङ्जाबाट पोखरा जाँदै थिए । पोखराबाट हामी स्तुपा छेउको लजमा जाने बेला अध्यक्ष कमरेड प्रचण्ड र ज्ञानेन्द्र शाहको बाटोमा जम्काभेट भयो ।’ पूर्व राजा ज्ञानेन्द्र एक हप्ताअघिदेखि पश्चिम भ्रमणमा छन् भने दाहाल आइतबार दुई दिन आराम गर्ने भन्दै पोखरा पुगेका हुन् । ज्ञानेन्द्र पोखराको फिस्टेल लजमा बस्दै आएका छन् । दाहाल भने परिवारका सदस्यसहित दुई दिने आरामका लागि पोखरा पुगेका हुन् ।

No comments: