लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी लडाकुको चौथों डिभिजन नवलपरासीमा समायोजन रोजेका ७२ जनाको भर्ना छनौट प्रक्रिया अन्तर्गत प्रारम्भिक छनौट कार्य सकिएको छ । आज विहान भर्ना प्रक्रियामा सहभागी भएकाहरुको तीस सय मिटर दौंड, सेटअप लगायको प्रारम्भिक भर्ना छनौट प्रक्रिया सकिएको हो ।
नेपाली सेनाका कर्णेल लोकप्रकाश चन्दको नेतृत्वमा रहेको टोलीले उनीहरुको भर्ना छनौट प्रक्रिया शुरु गरेको थियो । समायोजन रोजेका लडाकुहरुको भर्ना छनौट प्रक्रियामा उत्साहजनक सहभागीता रहेकाले २३ गते सम्ममा मुख्यालय र सहायक शिविर हात्तिखोरको भर्ना प्रक्रिया सकिने समितिका सदस्य सदानन्नन कुर्मीले जानकारी दिनु भयो ।
अधिकृतस्तर बाहेकको भर्ना छनौट शिबिरमै हुने छ । अधिकृतहरुको नेपाली सेनाले चितवनमा भर्ना दिने बताइएको छ ।
No comments:
Post a Comment