News

Sep 13, 2012

काठमाडौंबाट भारतीय विमान अपहरण गर्ने पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
२७ भदौ,१३ बर्षअघि काठमाडौंको त्रिभुवन विमानस्थलबाट उडेको इन्डियन एयरलाइन्सको विमान अपहरणमा संलग्न एक जना पक्राउ परेका भारतीय प्रहरीले दावी गरेको छ । मेराजुद्दीन भनिने जावेद अहमदलाई पक्राउ गरिएको भारत प्रशाशित कश्मीरको प्रहरीले बताएको छ । नाम उल्लेख नगर्ने सर्तमा वरिष्ठ प्रहरी अधिकारीले विमान अपहरणका अभियुक्त पक्राउ गरेको बताएको बीबीसीको हिन्दी संकरणले जनाएको छ । प्रहरीका अनुसार जावेदलाई बुधबार राती जम्मू-श्रीनगर राष्ट्रिय राजमार्गको अज्ञात स्थलबाट पक्राउ गरिएको हो । चरमपन्थीको भेषमा केही प्रहरीले जावेदसँग सम्पर्क गरेर हतियार किन्ने कुरा गरेको र उनी तयार भएको समाचारमा उल्लेख छ । जावेद नेपालको बाटो हुँदै भारतमा उपस्थित भएको र बुधबार जम्मू पुगेको प्रहरीका एक वरिष्ठ अधिकारीले बताएका छन् । पछिल्ला दिनमा सरकारको पुनःस्थापना नीतिको लाभ उठाउँदै चरमपन्थीहरु नेपालको बाटो हुँदै भारत पुगेको समेत समाचारमा उल्लेख छ । सन् १९९९ डिसेम्बर २४ मा एयर इन्डियाको आईसी-८१४ विमान अपहरणमा परेको थियो । १ सय ७६ यात्रु चढेको विमानलाई चरमपन्थीहरुले कान्दाहर लैजानुअघि अमृतसर, लाहोर र दुबईमा अवतरण गर्न दबाव दिएका थिए । अपहरणकारीहरुले रुपेन कात्याल नामक यात्रुको चक्कु प्रहार गरी हत्या गरेका थिए भने यात्रुहरुलाई रिहा गर्न भारतीय जेलमा रहेका तीन जना चरमपन्थीहरुलाई रिहा गर्न माग गरेका थिए । उनीहरुको मागअनुसार तीन जनालाई लिएर भारतका तत्कालिन विदेशमन्त्री जसवन्त सिंह कान्दाहर पुगेका थिए । अपहरणमा परेको झण्डै एक सातापछि यात्रु र विमान सकुशल भारत फर्किएका थियो ।

No comments: