News

Sep 1, 2012

नेपालमा संघीयता आवश्यक छ: भारतीय राजदूत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
विराटनगर, भाद्र १६ - नेपालका लागि भारतीय राजदूत जयन्तप्रसाद ले नेपालको समृद्धि एवम् समानुपातिक विकासका लागि नेपालमा सङ्घीयता आवश्यक रहेको बताएका छन् । नेपाल र भारतका सीमा क्षेत्रका पत्रकारहरुसँग शनिबार यहाँ आयोजित संयुक्त बैठकमा उनले भारतमा पनि सुरु अवस्थामा सङ्घीयता कायम गर्दा अप्ठ्यारो परेको स्मरण गर्दै सङ्घीतालाई गलत रुपमा लिन नहुने बताए । उनले सङ्घीयता जातीय आधारमा नभई आर्थिक एवम् सामाजिक आधारमा कायम गर्नु पर्छ भन्दै भारतले नेपालको विकास एवम् समृद्धि चाहेको स्पष्ट पारे । बिपी कोइराला नेपाल–भारत प्रतिष्ठाद्वारा आयोजित सो बैठकमा राजदूत प्रसादले पूर्वाञ्चलका सीमा क्षेत्रको स्थलगत निरीक्षण एवम् समस्याबारे छलफल गरेको उल्लेख गर्दै नेपाल र भारत सीमामा कुनै किसिमको पर्खाल आवश्यक नरहेको बताए । विश्वमै नेपाल र भारत बीचको मित्रता उदाहरणीय सम्बन्ध रहेको उल्लेख गर्दै उनले नेपाल र भारतका जनता स्वतन्त्रपूर्वक एकअर्का देशमा काम गरिरहेको छ भने । राजदुत प्रसादले काठमाडौं र दिल्लीमा बसेका सीमाको समस्या नबुझने बताउँदै त्यसका लागि सीमा क्षेत्रमा आउनसमेत आग्रह गरे । नेपालमा राजनीतिक स्थिरता, आर्थिक र सामाजिक क्षेत्रको विकास तथा जलस्रोतको सदुपयोग आवश्यक रहेको बताउँदै नेपाल र भारतका पत्रकारहरुले दुई देशको समस्या समाधान तथा आपसी हित तथा जनताको उन्नतीमा कलम चलाउन आग्रह गरे । सीमा क्षेत्रमा बसेको भारतीय सुरक्षा बल (एसएसबी) गलत क्रियाकलापबारे नेपाल र भारत दुवै तर्फबाट धेरै गुनासो आएकाले भारतको गृह मन्त्रालयमा लिखित पत्राचार गर्ने आश्वासनसमेत दिएका छन् ।

No comments: