News

Sep 14, 2012

ट्रक र बस आपसमा जुझ्दा ४ सशस्त्र प्रहरीको मृत्यु ३३ घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
कपिलवस्तुको चन्द्रौटा - गोरुसिङ्गेमा ट्रक र यात्रुवस आपसमा जुझ्दा ४ सशस्त्र प्रहरीको मृत्यु भएको छ भने ३३ घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको चन्द्रौटा – गोरुसिङ्गे खण्डको प्रतापपुर ४ मा शुक्रबार बिहान दुई दिशाबाट अगाडि बढिरहेका ट्रक र बस आपसमा जुद्धा ४ सशस्त्र प्रहरीको मृत्यु भएको हो । भैरहवाका वरिष्ठ प्रहरी अधिकारीले दिएको जानकारी अनुसार सशस्त्रको ना १ ख ५८७ नम्बरको ट्रक र लु १ ख ३५१९ नम्बरको बस आपसमा ठोक्किदा घटनास्थलमै सशस्त्र प्रहरी हवल्दार हस्तबहादुर बिक र सिपाही गोविन्द खत्रीको निधन भएको हो भने उपचारका लागि बुटवल लाने क्रकमा प्रहरी जवान शिव चौधरी र अंगराज चौधरीको मृत्यु भएको छ । प्रहरीले दिएको जानकारी अनुसार ३३ घाइते मध्ये २ जना इन्सपेक्टर सहित २५ सशस्त्र प्रहरी र ९ जना यात्रु घाइते भएका छन् । गम्भिर घाइतेको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने सामान्य घाइतेको उपचार स्थानिय अस्पतालमा भएको प्रहरीले बताएको छ ।

No comments: