लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली सेनाको नेतृत्व आज देखि गौरव समशेर राणाले औपचारिक रुपमा सम्हाल्दै हुनुहुन्छ । राष्ट्रपति डा. रामवरण यादवले आज शीतलनिवासमा विशेष समारोहबीच जबरालाई दर्ज्यानी चिन्ह लगाइदिने कार्यक्रम छ । त्यसपछि जबराले जंगीअड्डामा पदबहाली गर्नुहुनेछ ।
एक महिना अघि घरबिदामा बस्नुभएका प्रधानसेनापति छत्रमानसिंह गुरुङले आजबाटै अवकाश पाउँदै हुनुहुन्छ । गुरुङ बिदामा बसेपछि साउन २६ गतेदेखि नै जबराले कायममुकायम प्रधानसेनापतिका रुपमा काम गर्दै आउनु भएको थियो ।
गुरुङले आजबाट आफ्नो तीन वर्षे पदावदि समाप्त गरेर सैनिक सेनाबाट अवकाश लिने भएपछि सरकारले राणालाई प्रधानसेनापतिमा बढुवा गर्ने निर्णय गरेको थियो । राणा २०३१ सालमा नेपाली सेनाका सहायक सेनानीबाट सेवामा प्रवेश गर्नुभएको थियो ।
No comments:
Post a Comment