News

Sep 11, 2012

अमेरिकाले आतङ्ककारीको सूचीबाट हटाएको खबरले प्रचण्ड खुशी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
एकीकृत माओवादीलाई अमेरिकाले आतङ्ककारीको सूचीबाट हटाएको खबर पाएपछि प्रचण्डले खुशी व्यक्त गरेका छन् । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री रोबर्ट ओ ब्लेकले मंगलबार अध्यक्ष पुष्पकमल दाहाललाई भेटी औपचारिक रुपमा माओवादीलाई आतङ्ककारीको सूचीबाट हटाएको जानकारी गराएपछि प्रचण्डले खुशी व्यक्त गरेका हुन् । सहायक विदेशमन्त्री ब्लेकले नेपाल र अमेरिकाको सम्बन्ध अब नयाँ आधारमा अगाडि बढ्ने समेत जानकारी गराएका छन् । ब्लेकसँगको भेटपछि दाहालले शीर्ष राजनीतिक दलका बीचमा वर्तमान राजनीतिक संकट समाधानका लागि आफ्नो पार्टी लागि परेको समेत जानकारी गराएको स्रोतले बताएको छ । सहायक विदेशमन्त्रीले समेत सहमतिका साथ अगाडि बढ्न र त्यसको वातावरण निर्माण गर्न दाहाललाई अनुरोध गरेका छन् । सहायकविदेशमन्त्री ब्लेकसँगको भेटमा नव नियुक्त अमेरिकी राजदूत पिटर डब्ल्यू बोडे समेत सहभागि थिए । दाहालसँग बोडेले पहिलो पटक भेट गरेका हुन । ब्लेकले नेपालको विकासका लागि सहयोग गर्न अमेरिका तयार भएको समेत बताएका छन् ।

No comments: