News

Sep 7, 2012

अब अनलाइनमै किताव पढ्न पाइने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अब विदेशमा बस्ने नेपाली साहित्यका पाठकले पनि नेपाली भाषाका पुस्तकहरु डिभाइसमा डाउनलोड गरेर पढ्न पाउने भएका छन् । विश्वभर रहेका पाठक माझ आफ्नो पुस्तक कसरी पुर्‍याउने भन्ने नेपाली साहित्यकारहरुको चिन्ता पनि दूर हुने भएको छ । स्रष्टा करुण थापाले नेतृत्व गरेको ‘पाण्डुलिपि’ बुक्स’ आज पाँचवटा विद्युतीय पुस्तक (इ-बुक्स) सार्वजनिक गरेपछि यो बाटो खुलेको हो । पाण्डुलिपि बुक्सले पहिलो चरणमा जगदिश घिमिरेको ‘अन्तर्मनको यात्रा’ नयनराज पाण्डेको उपन्यास ‘लू’, कृष्ण धरावासीको ‘पाण्डुलिपि’, श्रवण मुकारुङको कसवता सङ्ग्रह ‘बिसे नगर्चीको बयान’ र अभय श्रेष्ठको कथासङ्ग्रह ‘तेस्रो किनारा’बाट यसको सुरुआत गरेको जानकारी दिइयो । दोस्रो चरणमा खगेन्द्र संग्रौलालगायतका स्रष्टाहरुका कृति पनि इ-बुक्समा लैजाने संस्था सम्बद्ध स्रष्टा रोशन शेरचनले बताए । शुल्क तिरेर जुन डिभाइसमा डाउनलोड गर्‍यो त्यसमा मात्र पढ्न मिल्ने इ-बुक्स कपि हुन नसक्ने गरी विकास गरिएको संस्थाका अध्यक्ष करुण थापाले जानकारी दिए । ‘यसबाट नेपाली साहित्यका पुस्तकलाई विश्वब्यापी बनाउनमा मद्दत पुग्ने छ’ उनले भने । विश्वमा कागजी पुस्तकभन्दा इ-बुक्स पढ्ने संस्कार विश्वब्यापी रुपमा बढ्दै गएकोले सन्दर्भलाई मध्यनजर गरी पाण्डुलिपि बुक्सले पहिलोपटक नेपाली साहित्यमा भित्र्याएको हो । पाण्डुलिपि बुक्स साहित्य सञ्जाल सम्बद्ध युवाहरुको पहलमा सुरु भएको संस्था हो ।

No comments: