News

Sep 3, 2012

पारिजातको उपन्यास 'शिरीषको फूल'लाई फिल्ममा रुपान्तर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
साहित्यकार पारिजातको उपन्यास 'शिरीषको फूल'लाई फिल्ममा रुपान्तर गरिएको छ। जापानी नागरिक तोसिआकी इतोहद्वारा निर्देशित फिल्मको आइतबार राजधानीस्थित जय नेपाल हलमा प्रिमियर गरियो। इतोहले यसअघि 'कठपुतली' नामक नेपाली फिल्म निर्देशन गरेका थिए। 'कृतिमाथि फिल्म बनाउँदा साहित्यबारे धेरै जानकारी राख्नुपर्ने हुन्छ, अप्ठ्यारो भएको थियो,' निर्देशक तोसिआकीले भने, 'पुरानो जमानाको समय र परिवेश देखाउन धेरै कठिनाइ भोग्नुपर्‍यो।' फिल्मको रिलिज मिति भने टुंगो लागिसकेको छैन। 'अभिनय गर्न सजिलो थिएन। अहिले फिल्म रिलिज गरिहाल्ने केही सोच बनाएका छैनौं। जापानमा पनि प्रिमियर गरेपछि बल्ल रिलिजको सोच राखेका छौं,' अभिनेता गणेश लामाले भने। उनलाई सुयोगवीर पात्रको भूमिका दिइएको छ। फिल्म हेर्न कविवर माधवप्रसाद घिमिरे पनि उपस्थित थिए। 'उपन्यासमा प्रस्तुत गरिएको मर्मलाई फिल्ममा मर्न दिएको रहेनछ,' घिमिरेले फिल्म हेरेपछि भने। फिल्मको मुख्य पात्र सकम्बरी बनेकी छिन्, शर्मिला गुरुङ। शिवराजको रूपमा जगत राजथलाले अभिनय गरेका छन्। भने सकम्बरीका दुई बहिनी सौजन्या सुब्बा र अप्सरा कार्की छन्। फिल्ममा वसुन्धरा भुसाल, गोपाल भुटानी, सन्तोष लामा, श्याम राई, इन्दिरा गोले, गणेश मुनाल, लक्ष्मी भुसाल लगायतको पनि अभिनय छ। फिल्मको छायांकन पनौती, नारायण भवन (जावलाखेल), भक्तपर, खोकना, बुङमती, बज्रबाहारी, दमौली र धम्पुसमा गरिएको थियो।

No comments: