लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पाकिस्तानको पञ्जाव राज्यमा केही युवकले मौलवी (मुस्लिमहरुका धर्मगुरु)की छोरीलाई निर्वस्त्र बनाएर पुरा गाउँ घुमाएका छन्, जसका कारण पूरै राज्यमा तनाव सिर्जना भएको छ । द एक्सप्रेस ट्रिब्युन नामक पत्रिकामा प्रकाशित एक रिपोर्टले यस कुराको दाबी गरेको छ । रिपोर्टका बमोजिम उक्त घटना सार्वजनिक भएपछि पूरै पञ्जाव राज्यभरी तनाबको स्थिति सिर्जना भएको बताइएको छ ।
त्यहाँको लाहोरस्थित क्षेत्रका मुस्लिम धर्मगुरु अल्लाह दीताका छोरीमाथी यस्तो अपमानजनक घटना भएको हो । त्यसपछि ती ५ युवकले धर्मगुरुका छोरीको कपडा च्यातिदिए । उनीमाथी बलात्कार गर्ने प्रयास गरे र उनलाई नांगो बनाएर गाउँ घुमाए । ती ५ युवकहरु मध्येका एकले धर्मगुरुको छोराले आफ्नी बहिनीको साथ दूव्र्यबहार गरेको आरोप लगाएका थिए । त्यसपछि गाउँहरुले धर्मगुरुका छोरालाई २ वर्षका लागि गाउँबाट निकाला गरिएको थियो ।
No comments:
Post a Comment