News

Sep 1, 2012

चीनमा कोइलाखानी विष्फोटबाट मर्नेको संख्या ४१ पुग्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
चीनमा कोइलाखानी विष्फोटबाट मर्नेको संख्या ४१ पुगेको छ । चीनको सिचुआन प्रान्तको पान्जोहुआ सहरमा भएको कोइलाखानी विस्फोटमा परी उनीहरुको निधन भएको हो । गत बुधबार साँझमा ग्यास चुहावटको कारण सो विस्फोट भएको चिनिया समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ । त्यहाँ बुधबार उक्त विष्फोट भएपनि शुक्रबार बिहान एक व्यक्तिलाई जिवितै उद्धार गरिएको थियो । त्यहाँ अन्य पाँचजना अझै च्यापिएर रहेको बताइएको छ । पान्जोहुआ सहरमा अवस्थित सिआओजीआवान कोइलाखानीमा १५४ जना व्यक्ति कार्यारत रहेको अवस्थामा विस्फोटन भएको पनि सिन्ह्वाले उल्लेख गरेको छ । तर उक्त संख्यामा रहेका ती कामदारहरू मध्ये ११० जना भाग्न सफल भएका थिए । कोइलाखानीका तीन संस्थापकलाई प्रहरीले हिरासतमा लिइ अनुसन्धान जारी राखेको पनि समाचारमा उल्लेख छ । चीनमा सुरक्षा व्यवस्थामा कमी कमजोरीको कारण बारम्बार कोइलाखानीमा दुर्घटना हुने गरेको बताइन्छ ।

No comments: