News

Sep 10, 2012

संविधान सभाको पुनर्स्थापनामा सबै दल सहमति नजिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
चितवन, भाद्र २५ - एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ले संविधान सभाको पुनर्स्थापनामा सबै दल सहमति नजिक पुगेको बताएका छन् । दाहालले सबै दलले गंम्भीरताका साथ मेहनत गरे पुनःस्थापना असम्भव नरहेको दावी गरे । संविधानसभाका लागि निर्वाचन पहिलो विकल्प नभई अन्तिम विकल्प भएको बताउँदै अध्यक्ष दाहालले काँग्रेस, एमाले र मधेसवादी दल सोलोडोलोमा पुनःस्थापना गर्ने पक्षमा पुगेको खुलासा समेत गरे । अखिल नेपाल शिक्षक संगठन चितवनको छैठौं जिल्ला सम्मेलनको सोमबार उद्घाटन गर्दै अध्यक्ष दाहालले तत्काल निर्वाचनमा जाँदा सरकारको नेतृत्व कसले गर्ने भन्ने समस्या सिर्जना हुने र चुनाव असम्भव भएकाले संविधानसभा पुनःस्थापनाको अर्को विकल्प नभएको जिकिर गरे । संविधान निर्माणको ८० प्रतिशत काम पुरा भएपनि प्रदेश र नामाकरणको विषयमा सहमति हुन नसक्दा जेठ १४ मा संविधान जारी हुन नसकेको अध्यक्ष दाहालले बताए । भदौ भित्रमा सहमति भई सबै समस्याको गाँठो फुक्नेमा आफु विश्वस्त रहेको अध्यक्ष दाहालले शिक्षक माझ बताए । ' संविधान सभा पुनःस्थापनाको काममा हामी जति ढिलो गर्छौं त्यति प्रतिगमनकारीहरुले चलखेल गर्ने मौका पाउँछन,' पुनःस्थापनामा जोड दिदैं अध्यक्ष दाहालले भने ,' त्यसैले छिटो सहमतिमा गएर निकास निकाल्नुको विकल्प छैन ।' अध्यक्ष दाहालले अहिले नै निर्वाचनमा जाँदा कुनै पनि दलको बहुमत नआउने र बाँकी रहेका समस्या जस्ताको तस्तै रहने हुँदा पुनःस्थापनामा सबै लाग्नु पर्नेमा जोड दिए ।

No comments: