News

Sep 13, 2012

बेलायतका राजकुमार ह्यारीलाई तालिवानले मार्ने धम्की

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अफगानिस्तानमा भर्खरै तैनाथ भएका बेलायतका राजकुमार ह्यारीलाई तालिवानले मार्ने धम्की दिएको छ । तालिवानका प्रबक्ताले २७ बर्षीय राजकुमार ह्यारीलाई समाउन वा मार्न अधिकतम प्रयास गर्ने बताएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।सेनाका क्याप्टेन तथा बेलायती मुकुटका तेस्रा हकदार ह्यारी गत साता अफगानिस्तान पुगेका हुन् । अफगानिस्तानको सबैभन्दा खतरनाक युद्ध क्षेत्र सावित भएको दक्षिणी हेल्मान्डमा तैनाथ छन् । बेलायती लडाकु अपाचे हेलिकोप्टरका पाइलट ह्यारीलाई समाउन प्रयास गर्ने र त्यसो नभए हतियारको निशाना बनाउने धम्की तालिवानले दिएको छ । उनको तैनाथलाई एउटा लडाकू समूहले प्रोपागान्डा स्टन्ट भनेको दुई दिनपछि ह्यारीलाई मार्ने नयाँ सूचना जारी गरिएको हो । तालिवानले उनको अफगानिस्तान तैनाथलाई अमेरिकामा उनले गरेको कुकर्म लुकाउने प्रयास भनेको थियो ।

No comments: