News

Sep 21, 2012

माइक्रोसफ्ट कम्पनीले गुगलमाथि जित हात पारे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
प्याटेन्ट अधिकारको एक मुद्दामा माइक्रोसफ्ट कम्पनीले गुगलमाथि जित हात पारेको छ । जर्मनीको एक अदालतले गुगलका मोटोरोला ट्याब्लेट तथा फोनमा प्रयोग गरिएका केही प्रविधिहरु माइक्रोसफ्टबाट नक्कल गरिएको ठहर गरेको हो । प्रयोगकर्ताका जानकारीहरु सुरक्षित राख्ने त्यस्ता प्रकारका एप्सहरुको प्याटेन्ट अधिकार माइक्रोसफ्टसँग रहेकोमा गुगलले आफ्ना मोटोरोला सेटमा विना अनुमति संचालन गर्दै आएको थियो । तर सामसुङ तथा एचटिसी लगायतले भने माइक्रोसफ्टसँग अनुमति लिएर त्यस्ता एप्स प्रयोग गरिरहेका छन् । जर्मन अदालतले एन्ड्रोइड अपरेटिङ सिस्टममा महत्वपूर्ण परिवर्तन गरी यस्ता विवादित एप्स नहटाएसम्म गुगलका प्रडक्टहरु जर्मनीमा बेचविखन नगर्न समेत आदेश दिएको छ । माइक्रोसफ्टले जर्मनीमा प्राप्त गरेको यो जित गुगलसँगको कानुनी लडाइमा पछिल्लो ३ महिनामा प्राप्त गरेको तेश्रो जित हो ।

No comments: